मेयर र कार्यपालिका सदस्य पक्षधरहरुको उग्र प्रदर्शनपछि धरान अशान्त

मेयर र कार्यपालिका सदस्य पक्षधरहरुको उग्र प्रदर्शनपछि धरान अशान्त

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको विवाद उग्र बनेको छ । दुबै पक्षका समर्थकहरु नाराबाजीमा उत्रेपछि धरान अशान्त बनेको बताइएको छ ।

उपमहानगरपालिकाका १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईमाथि साम्पाङका समर्थकले दुव्र्यवहार गरेपछि परिस्थिति जटिल बनेको हो । प्रहरीले आक्रमणमा संलग्न तीन जनालाई हिजो पक्रेको जनाएको छ । त्यसपछि दुबैपक्षबीच नाराबाजी र प्रदर्शन भएको हो ।

मेयर पक्षधरले पक्राउ परेकालाई छाड्न र वडा अध्यक्ष तथा सदस्यका समर्थकले कारबाही गर्नुपर्ने भन्दै चर्को नाराबाजी र प्रदर्शन गरिरहेका छन् । दुबै पक्ष उग्र बनेपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको छ।

टिप्पणीहरू