विदेशबाट फर्कंदा दुईवटा मोबाइल ल्याउन पाइने
सरकारले विदेशबाट फर्किने नेपालीलाई दुईवटा मोबाइल ल्याउन दिने भएको छ । आज बसेको क्याबिनेट बैठकले यसअघिको एउटा मात्रै मोबाइल ल्याउन पाइने व्यवस्थामा संशोधन गरेर दुईवटा ल्याउन दिने निर्णय गरेको बताइएको छ ।
बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन पाइने व्यवस्था गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अब वैदेशिक रोजगारीमा जानेले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल फोन ल्याउन पाउँछन् ।
त्यसरी ल्याइएका मोबाइलमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने सरकारको निर्णय छ ।
टिप्पणीहरू