टोपबहादुरहरुलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनको तयारी

टोपबहादुरहरुलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनको तयारी

बृहत् नागरिक आन्दोलनले आज सिंहदरबार अगाडि सशक्त प्रदर्शन गर्ने भएको छ । आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

सर्वसाधारण नेपालीलाई शरणार्थी बनाउँदै अमेरिका लैजान खोजिएको काण्ड मानव तस्करी भएको नागरिक आन्दोलनको ठहर छ । उक्त गिरोहको विरोधमा आज दिउँसो ३ बजे भद्रकाली क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो । 

बृहत् नागरिक आन्दोलनद्वारा जारी अपिलमा जनाइएको छ । काठमाडौंको भद्रकालीमा दिउँसो ३ बजे प्रदर्शन गर्न लागिएको हो ।

जारी अपिलमा भनिएको छ, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध हो, जसले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको छ । यस्तो संगठित अपराधको अनुसन्धानलाई दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारमा प्रभावहीन बनाउनु र दोषीलाई संरक्षण गरी उन्मुक्ति दिनु दण्डहीनताको प्रोत्साहन र कानुनी शासनको बदख्वाइँ हो ।’

टिप्पणीहरू