दुई दर्जन घाइते भएपछि दमक अशान्त, आज स्थिति थप तनावग्रस्त हुने आकलन

दुई दर्जन घाइते भएपछि दमक अशान्त, आज स्थिति थप तनावग्रस्त हुने आकलन

हिजो साँझ झापाको दमकमा भएको प्रदर्शनकारी र प्रहरीबीचको भिडन्तमा २२ जना घाइते भएपछि आजको स्थिति थप तनावग्रस्त हुने देखिएको छ । कोशी प्रदेश नामकरणको विरुद्ध हिजो साँझ दमकमा निकालिएको मशाल जुलुसमा भएको झडपमा प्रहरी नायव उपरीक्षक मनोजकुमार लामासहित २२ जना घाइते भएका छन् । 

उक्त घटनामा १० जना प्रहरी घाइते भएका छन् । झडपले उग्र रूप लिएपछि प्रहरीले २० राउण्ड अश्रुग्यास र हवाई फायर गरेको बताइन्छ । 

हिजोको घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहानैदेखि दमक वरपर प्रहरी गस्ती बाक्लो बनाएको छ ।
 

टिप्पणीहरू