बरु थोरै गर्छु, राम्रो गर्छु : प्रधानमन्त्री प्रचण्ड

बरु थोरै गर्छु, राम्रो गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले राम्रो बाहेक केही गर्दै नगर्ने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं ।’ त्यस अवसरमा प्रधानमन्त्रीले निर्मल लामासँगका आफ्ना विगतका स्मरणहरुबारे पनि चर्चा गर्नुभयो । भन्नुभयो, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीका सम्झनाका लागि थुप्रै प्रसंगहरु छन् ।’ 

अहिले परिस्थिति नयाँ बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो । सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आमश्रमिक जनसमुदायको साथ र सहयोग हुने उहाँको विश्वास छ ।

टिप्पणीहरू