पाँचतारे होटलमा दूतावासको भोज, उपराष्ट्रपति सरिक
उपराष्ट्रपति रामसहाय प्रसाद यादव इजरायली दूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुन हायात होटल जानुहुने भएको छ ।
मे ११ अर्थात् स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँस्थित इजरायली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन उपराष्ट्रपति यादव पौने ७ बजे बौद्धस्थित होटल हायात रिजेन्सी जाने तयारी छ ।
नेपालस्थित विभिन्न मुलुकका राजदूत, प्रतिनिधि, सरकारी अधिकारीहरुलाई निम्तो गरिएको रात्रिभोजमा सहभागी हुन अतिथिहरु पुग्ने क्रम जारी छ ।
टिप्पणीहरू