बंगलादेशका सचिव रात परेपछि स्वदेश प्रस्थान
नेपाल भ्रमणमा रहेका बंगलादेशी जलस्रोत मन्त्रालयका सचिव आज साँझ स्वदेश प्रस्थान गरेका छन् । सचिव नाजमुल आशानसहित चार सदस्यीय टोली पौने ८ बजे काठमाडौंबाट ढाका प्रस्थान गरेको बताइएको छ ।
सचिव नेतृत्वको टोली बुद्ध एअरको उडान नम्बर बीएचए ६६१ काठमाडौंबाट गएको हो । टोली सोमबार विमान बंगलादेशको उडानमा यता आएको थियो ।
टिप्पणीहरू