मुस्लिम मुलुकमा ८९ मुलुकका सुन्दरीको भेला

मुस्लिम मुलुकमा ८९ मुलुकका सुन्दरीको भेला

मध्यपूर्वको युनाइटेड अरब इमिरेट्सले यो वर्षको मिस वर्ल्ड आयोजना गर्न लागेको छ । मिस वर्ल्डको ७१ औं संस्करण दुबईमा हुन लागेको हो । 

मे महिनाभित्रै हुने उक्त सुन्दरी प्रतियोगिता मध्यपूर्वकै पहिलो हुन हो । गत वर्ष ७० औं मिस वर्ल्ड मार्च १६ का दिन पोर्तो रिकोमा भएको थियो । उक्त प्रतियोगितामा पोल्याण्डकी क्यारोलिना विश्व सुन्दरी भएकी थिइन् ।

यस वर्षको प्रमुख आयोजक र निर्णायक मण्डलबारे अहिलेसम्म घोषणा गरिएको छैन । प्रतियोगिताको दिनबारे पनि औपचारिक जानकारी दिइएको छैन। गत वर्ष प्रतियोगिता दोस्रो पटक पिटर आन्द्रे र फर्नान्डो एलेन्डेले आयोजना गरेका थिए ।

निर्णायक मण्डलमा डोन ओमार, जेन्टे डे जोना, भिक्टर म्यानुअल र पेड्रो क्यापो थिए ।

टिप्पणीहरू