भारतीय दूतावास गएकी तारालाई खानी विभाग अगाडि रोकियो

भारतीय दूतावास गएकी तारालाई खानी विभाग अगाडि रोकियो

काठमाडौंस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन गएको तारा बरालको समूहलाई प्रहरीले रोकेको छ । नेपालका भ्रष्टाचारी, हत्यारा नेताहरुलाई भारतमा आश्रय नदिन अनुरोध गर्दै बराल समूहले ज्ञापनपत्र बुझाउन खोजे पनि प्रहरीले रोकेको बताइएको छ ।

बराल समूहका केही व्यक्ति छुट्टाछुट्टै दूतावासको गेट नजिकै पुगेपछि प्रहरीले उनीहरुलाई गलहत्याउँदै लैनचौर चौबाटो सामुन्ने रहेको खानी तथा भूगर्भ विभाग अगाडि ल्याएर रोकेको हो । आफूहरुलाई ज्ञापनपत्र बुझाउन पनि नदिइएको समूहका एक जनाले भने ।

टिप्पणीहरू