चीन लैजाने सामानबारे सिंहदरबारमा छलफल,माओवादी उपाध्यक्ष बेइजिङ्गतिर

चीन लैजाने सामानबारे सिंहदरबारमा छलफल,माओवादी उपाध्यक्ष बेइजिङ्गतिर

पोहोर एमसिसी पास गर्ने बेलाका सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० जना कमरेडहरुको टोली चीन जान लागेको छ । आगामी शुक्रवार उड्ने तयारीमा रहेको टोलीले चिनियाँ सरकारी तथा पार्टी अधिकारीहरुसँगको भेटमा अनुभव आदान प्रदान गर्ने जनाइएको छ ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गले कृषिमन्त्रीसँग हिजो सिंहदरबारमा भेट गर्नुभएको छ । मन्त्री डा. बेदुराम भुसालसँग राजदूत सोङले नेपालबाट चीनतर्फ निकासी गर्न सकिने सम्भावित कृषि सामाग्रीबारे छलफल गरेको बुझिएको छ ।
 

टिप्पणीहरू