मनमोहक आरुको फूलमा सबै मोहित

भिडियाे स्राेत : सिन्ह्वा

पृथ्वीको उत्तरी गोलार्धका अन्य मुलुकमा झैँ चीनका विभिन्न शहरमा यतिबेला आरुको फूल ढकमक्क फुल्न थालेको छ । उत्तरपूर्वी चीनको हेइलोङचियाङको मिसान शहर आरुको फूलले ढकमक्क भएको छ । 

वसन्तु ऋतुसँगै फक्रिन थालेको आरुको फूल हेर्न त्यहाँ पर्यटकको भीड नै लागेको छ । गुलाबी रङ्गको आरुको फूलले पर्यटकहरुलाई थप आकर्षित बनाएको चिनियाँ समाचार समिति सिन्ह्वाले लेखेको छ । 

अधिकांश पर्यटक आरुको रुखमुनि बसेर तस्बिर खिचिरहेको देखिन्छन् । कोही आरुको पालुवासँग रमाइरहेका छन् त कोही उक्त दृश्यले मन्त्रमुग्ध भएका छन् ।

चीन, जापान, कोरियालगायत मुलुकमा आरुको बोटलाई आकर्षक ढंगले शहर सजाउने गरिन्छ ।


 

टिप्पणीहरू