चीनद्वारा झुण्डिने रेलको परीक्षण

चीनद्वारा झुण्डिने रेलको परीक्षण फाेटाे स्राेत : सिन्ह्वा ।

चीनमा पुलमुनि झुण्डिएर दौडने रेलको विकास गरिएको छ । व्यस्त शहरी क्षेत्रमा उक्त रेल प्रयोग हुने सरकारी अधिकारीहरुले बताएका छन् । 
हुपेइ प्रान्तको वुहान शहरमा सस्पेन्सन मोनोरेल परीक्षण गरिएको बेइजिङ रिभ्युले जनाएको छ । रेल बढीमा ६० किलोमीटर प्रतिघण्टाको दरले दौडने छ । 

पहिलो चरणअन्तर्गत उहानको साढे १० किलोमीटर क्षेत्रमा उक्त रेल कुदाउन थालिएको छ । रेलको दुई भाग लगाइएको डब्बामा एक पटकमा दुई सय २० जनाले यात्रा गर्न सक्नेछन् ।

परीक्षण यात्रामा सहभागी यात्रुले भने, ‘शहरको दृश्य गज्जब छ । नौलो अनुभूति भयो ।’

टिप्पणीहरू