साउदी जाने ११ सय जनाकाे नाम फाइनल

साउदी जाने ११ सय जनाकाे नाम फाइनल

आगामी हज यात्राका लागि साउदी अरेबिया जाने नेपाली हाजीहरुको सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । हज यात्रा–२०२३ का लागि छनौट भएका एक हजार ९२ जनाको खाना, बासस्थानलगायतका व्यवस्थापन भइसकेको नेपाल हज समितिले जनाएको छ । 

मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र मक्का मदिनामा नेपाली हाजीहरुलाई कुनै समस्या नहुने जानकारी पनि दिइएको छ । हज यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै समितिले यो वर्ष मकबुल मियाँ (शाह) ले हज यात्रा व्यवस्थापनको जिम्मेवारी सम्हालेको बताएको छ । 

‘संसारका मुस्लिमको आस्थाको केन्द्र मक्का मदिनामा सुरक्षा चुस्तदुरुस्तका साथै हाजीहरुको सुविधामा कुनै कमी नआउने कुरा साउदीको हज तथा उमरा मन्त्रालयले बताएको छ’, सूचनामा भनिएको छ, ‘सन् २०२३ को हज यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भएपनि साउदी सरकारले काठमाडौंस्थित साउदी दूतावासले यस विषम परिस्थितिमा नेपाल हज समितिको नयाँ नेतृत्वलाई जिम्मा दिएको छ ।’

हज गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीहरुको हज यात्राको मदिनामा समग्र व्यवस्थापन साउदी सरकारले गर्दै आएको छ । नेपाली हाजीका लागि खाना, खाजा, बास तथा तीर्थाटन कार्यको जिम्मा उतै गरिन्छ । यो वर्ष हाजीहरु आगामी सोमबारदेखि आठ दिनसम्म दिनहुँ जानेछन् ।
 

टिप्पणीहरू