कम्बोडियाका नरेश उड्ने, प्रधानमन्त्री प्रचण्ड पुग्ने

कम्बोडियाका नरेश उड्ने, प्रधानमन्त्री प्रचण्ड पुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधबार भारत जान लाग्नुभएको छ । दुवै मुलुकका परराष्ट्र मन्त्रालयले त्यसबारे औपचारिक घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्री शनिबारसम्म दिल्लीमै रहने कार्यक्रम छ । तर,त्यसअघि कम्बोडियाका नरेश नरोद्दम सिंहामोनीले भारत भ्रमण गर्न लाग्नुभएको छ । कम्बोडियाका नरेशको छ दशकपछि भारत भ्रमण हुन लागेको हो ।

राजा सिहामोनी बुधबार भारत भ्रमण सकाएर राजधानी न्होम्पेन्ह फर्कने र पूर्वका राजा उडेपछि प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली पुग्ने  कार्यक्रम छ ।

टिप्पणीहरू