रेशम चौधरी छुटेकोमा हर्क साम्पाङ हर्षित

रेशम चौधरी छुटेकोमा हर्क साम्पाङ हर्षित

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएकोमा खुशी प्रकट गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले धेरै पटक चौधरीको रिहाइको माग गर्दै आफूले प्रदर्शन गरेको समेत स्मरण गरेका छन् । ‘सागर बरु सुकेर गइजाला ! जान्न माया कहिले पनि सुकेर ! यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें । वहाँको सङ्गीत हो यो ! अनेकन चोटी मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें ! आज म खुसी छु’, हर्कले लेखेका छन् । 

टिकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएपछि उनी आज बिहान जेलमुक्त भएका हुन् ।

टिप्पणीहरू