चीनले गर्यो अर्को अन्तरिक्षयान प्रक्षेपण, पाँच महिनापछि फर्कने

चीनले गर्यो अर्को अन्तरिक्षयान प्रक्षेपण, पाँच महिनापछि फर्कने

चीनले तीन जना अन्तरिक्षयात्री रहेको चिनियाँ अन्तरिक्षयान प्रक्षेपण गरेको छ । सन्चौ १६ नाम दिइएको उक्त अन्तरिक्षयान आगामी पाँच महिनासम्म अन्तरिक्षामा रहने छ ।

उक्त अन्तरिक्ष यानलाई आज बिहान चीनको उत्तरपश्चिममा रहेको चिउछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट पठाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । पृथ्वी सतहबाट प्रक्षेपण गरेको १० मीनेटपछि रकेट पृथ्वीको कक्षमा पुगेको बताइएको छ ।

अन्तरिक्षयानमा अन्तरिक्षयात्रीहरु चिङ हाइपेङ, चु याङचु र कुई हाइचौ छन् । उनीहरुले पृथ्वीको कक्षको थप परीक्षण र प्रयोग, सामान्य सापेक्षताको प्रमाणीकरण र जीवन उत्पत्तिको अध्ययन गर्ने बताइएको छ ।

भिडियाे स्राेत : सिन्ह्ववा ।

 

टिप्पणीहरू