भारतमा रेल ठोक्कियो : २ सयको मृत्यु, ९ सय घाइते

भारतमा रेल ठोक्कियो : २ सयको मृत्यु, ९ सय घाइते फाेटाे : प्रेस ट्रस्ट अफ इण्डिया

भारतको उडिसा राज्यमा दुई वटा रेल जुध्दा २०७ जनाको मृत्यु भएको छ । बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा ९०० जना यात्रु घाइते भएको बताइएको छ । मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ ।

राज्यका मुख्य सचिव प्रदीप जेनाका अनुसार गए राति ८ बजेको समयमा एउटा यात्रुवाहक बस लिकबाट छुट्टिएर बाहिर गएपछि अर्कोसँग ठोक्किएको थियो ।

दुर्घटनास्थलमा दुई सयबढी एम्बुलेन्स र एक सयबढी चिकित्सक खटिएका छन् । शालिमार–चेन्नई एक्सप्रेस रेल लिकबाट बाहिर गएपछि अन्यत्रबाट अर्को लिकमा यसवन्तपुरबाट हावडातर्फ आइरहेको हावडा सुपरफास्ट एक्सप्रेस रेल ठोक्किएको थियो । 

यसअघि सन् १९८१ मा दुर्घटनालाई भारतको रेल इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिन्छ । बिहारमा चक्रवातमा परेपछि एउटा यात्रुवाहक रेल नदीमा खस्दा आठ सय मानिसको ज्यान गएको थियो ।

टिप्पणीहरू