भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री

भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुनैपनि छलफल नभएको बताउनुभएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको पनि प्रष्ट पार्नुभयो । आफूले भारत भ्रमणका क्रममा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने कुरा प्रष्टताका साथ राखेको र यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सकारात्मक जवाफ दिएको उल्लेख गर्नुभयो । 

तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर आफूले बोल्दै नबोलेको कुरालाई 'नेपाली भूमि साट्यो' भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

टिप्पणीहरू