विधान अधिवेशनका लागि जसपाद्धारा उपसमिति गठन

विधान अधिवेशनका लागि जसपाद्धारा उपसमिति गठन

जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशनका लागि प्रचारप्रसार उपसमिति गठन गरेको छ । 

आज बसेको पार्टीको बैठकले आगामी असार १० गतेदेखि हुन लागेको अधिवेशनलाई सफल बनाउनका लागि उपसमिति गठन गरेको हो । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय उपसमिति गठन गरेको बताइएको छ । 

त्यस्तै, न्हुच्छेलाल महर्जनलाई उपसमितिको उपसंयोजकको जिम्मेवारी दिइएको छ । सदस्यमा महेश चौरसिया, सिताराम साह, योगेन्द्रराय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साह रहेका छन् । 

जसपाका प्रवक्ता मनिस सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलाई उपसमितिको आमन्त्रित सदस्यमा राखिएको छ । आउँदो असार १० गतेदेखि १२ गतेसम्म राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जसपाको प्रथम ऐतिहासिक विधान अधिवेशन हुँदैछ ।

टिप्पणीहरू