सबै श्रेणीहरू

भारतीय सेनाप्रमुख ढाकामा

भारतीय सेनाप्रमुख ढाकामा

भारतीय सेनाध्यक्ष मनोज पाण्डे बंगलादेश  पुगेका छन् । उनी दुई दिने भ्रमणको क्रममा हिजो त्यहाँ गएका हुन् ।

दुई मुलुकबीच रक्षा सम्बन्ध र सहयोग बढाउन र बंगलादेशी सेनाका उच्च अधिकारीहरुसँग भेटघाटको निम्ति ढाका गएको बताइएको छ । भेटघाटपछि दुई मुलुकबीचको रक्षा सम्बन्धको भविश्यलाई थप उच्च पार्न सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी आज छटोग्राममा आयोजित बंगलादेशी सेनाको पासिङ आउट परेडमा सहभागी हुने कार्यक्रम छ । भारतीय सेनाध्यक्षले बंगलादेश भारत मैत्री ट्रफी यो वर्षको परेडमा सहभागी तान्जानियाको अफिसर क्याडेटलाई प्रदान गर्दैछन् ।

पाण्डे अघिल्लो वर्ष जुलाईमा भारतीय सेनाध्यक्षको जिम्मेवारी वहन गरेपछि पहिलो विदेश भ्रमणको रुपमा बंगलादेश गएका थिए ।