बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई सामेल नगरिएको अर्थमन्त्रीको प्रष्टोक्ति

बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई सामेल नगरिएको अर्थमन्त्रीको प्रष्टोक्ति

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । 

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराइएको आरोप लागेपछि आज प्रतिनिधिसभामा स्पष्टिकरण दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् । यसअघि संसद बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरिएको भन्दै अर्थमन्त्रीको जवाफ मागेका थिए । 

जवाफका क्रममा अर्थमन्त्री महतले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको पनि दावी गरे । आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।'

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए ।

टिप्पणीहरू