डिजिटल बैंकिङ सिकाइदिने नाममा रकम ट्रान्सफर

डिजिटल बैंकिङ सिकाइदिने नाममा रकम ट्रान्सफर

डिजिटल बैंकिङको दुरुपयोग गर्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका–७ घर भएका हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानी बस्दै आएका २२ वर्षीय अरुण सिवाकोटी प्रहरी हिरासतमा पुगेका छन् ।

उनले पीडितलाई इसेवा तथा खल्ती वालेटबाट हुने कारोबार सिकाइदिने नाममा पीडितको बैंक खाता तथा मोबाइल बैंकिङ्गमा पहुँच पुर्याएर रकम आफ्नो खातामा ट्रान्सफर गरेको प्रहरीको भनाई छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज उनलाई नियन्त्रणमा लिएको हो । पक्राउपछि उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकू पठाइएको छ ।

टिप्पणीहरू