एमालेबाट निर्वाचित जनप्रतिनिधि घुससहित अख्तियारको कब्जामा

एमालेबाट निर्वाचित जनप्रतिनिधि घुससहित अख्तियारको कब्जामा

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा समातेको हो ।

घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई विद्यालयबाटै पक्राउ गरेको बताइएको छ ।

मियाँ गत स्थानीय निर्वाचनमा एमालेको टिकटमा वडाध्यक्ष निर्वाचित भएका हुन् ।

टिप्पणीहरू