गाडीले ठक्कर दिएका वृद्ध पैदलयात्रीको निधन

गाडीले ठक्कर दिएका वृद्ध पैदलयात्रीको निधन

काभ्रेपलाञ्चोकको साँगामा गाडीले ठक्कर दिएका एक जना पैदलयात्रुको निधन भएको छ । 

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.४ख ४२९४ नम्बरको गाडीले गएराति सडक किनारमा हिँडिरहेका ७० वर्षे छेवाङ तामाङलाई ठक्कर दिएको बताइन्छ । 

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ का छेवाङ ठक्करपछि सख्त घाइते भएका थिए । लगत्तै नजिकैको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाडीका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू