लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई कुटेर मारे प्रेमीले

लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई कुटेर मारे प्रेमीले

काठमाडौंको ठमेलमा भएको २६ वर्षीया एक युवतीको हत्यामा उनकै प्रेमीको संलग्नता खुलेको छ । 

चितवनको राप्ती घर भएकी जेनिशा तामाङको हत्या गरेको आशंकामा प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका अमर रञ्जितकारलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा अमर र जेनिशा प्रेम सम्बन्धमा रहेको र सामान्य विवाद हुँदा अमरले हत्या गरेको खुलेको हो ।   

उनीहरु ठमेलस्थित भगवतीबहालमा करिब छ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको पनि थाहा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालका अनुसार एउटै कोठामा बसेका उनीहरु हिजो दिउँसो सामान्य विवाद हुँदा कुटपिटमा उत्रिएपछि घटना घटेको हो । 

मादक पदार्थ सेवन गरेका अमरले प्रेमिका जेनिशालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी जेनिशालाई दिउँसो साढे ३ बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकोमा उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

टिप्पणीहरू