रेडक्रसको स्वास्थ्य सामग्री सर्पदंश उपचार केन्द्रलाई

रेडक्रसको स्वास्थ्य सामग्री सर्पदंश उपचार केन्द्रलाई

नेपाल रेडक्रस सोसाइटी, बर्दिबास शाखाले सर्पदंश उपचार केन्द्र, बर्दिबासलाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार सामग्री प्रदान गरेको छ । गर्मीसँगै सर्पको प्रकोप बढेपछि रेडक्रसले आज केन्द्रलाई स्वास्थ्य उपचार सामग्री हस्तान्तरण गरेको बताइएको छ । 

सामग्रीमा औषधि राख्ने फ्रिज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गरिने भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री दिइएको रेडक्रसको बर्दिबास शाखाका सभापति सुदीप कार्कीले बताए । उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित बागमती प्रदेशको सिन्धुली, रामेछाप र दोलखाबाट समेत सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । 

पछिल्लो दुई सातादेखि अत्यधिक बढेको गर्मीका कारण तराईमा सर्पको बिगबिगी छ । सर्पले डसेका बिरामीको संख्या उपचार केन्द्रमा थेगिनसक्नु भएको बताइएको छ । मधेशमा चार वटा मात्र सर्पदंश उपचार केन्द्र छ ।

टिप्पणीहरू