उपकुलपति डा. साहको निधन

उपकुलपति डा. साहको निधन

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

उनको आज बिहान भारतको राजधानी नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको बताइएको छ । साह पछिल्लो केही महिनादेखि कलेजो क्यान्सरबाट पीडित थिए । 

काठमाडौंबाट थप उपचारको निम्ति नयाँ दिल्ली पुर्याइएका उनको निधन भएको हो । साह पेशाले हड्डी रोगका चिकित्सक हुन् ।

टिप्पणीहरू