आइएमई ग्रुपको तेस्रो केबलकार सञ्चालनमा

आइएमई ग्रुपको तेस्रो केबलकार सञ्चालनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले बुटवलको गोलपार्कमा रहेको केबलकारको बटम स्टेशन पुगेर औपचारिक सेवा प्रारम्भ गर्नुभएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्मको झण्डै तीन किलोमिटर लामो केबलकारबाट कामाख्यादेवीको मन्दिर पुग्न सकिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष तथा व्यवसायी चन्द्र ढकालको आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । 

यसअघि उक्त समूहले काठमाडौंको चन्द्रागिरि र गत महिनादेखि  नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । समूहले केबलकार र पाँच तारे रिसोर्टसहितको अवधारणामा परियोजना अघि सारेको छ ।

परियोजनाको कूल लागत पाँच अर्ब रहेको बताइएको छ । पहिलो चरणमा हालसम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

टिप्पणीहरू