शनिबार नर्भिकमा ओपिडी नि:शुल्क

शनिबार नर्भिकमा ओपिडी नि:शुल्क

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । 

नर्भिकमा कार्यरत वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टोलीले शनिवार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ओपिडी (न्यूरो क्याम्प) सेवा सञ्चालन गर्न लागेको हो । पछिल्लो समय नेपाली जनतामा ब्रेन ट्युमरको समस्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै ‘वल्र्ड ट्युमर डे’ को अवसरमा डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् ।

सो दिन ब्रेन ट्युमरका केशमा फोकस रहेर बिरामीको चेकजाँच गर्ने नर्भिकले जनाएको छ । विगत लामो समयावधिदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा नर्भिकले निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ ।

टिप्पणीहरू