जहाँबाट पनि भोट हाल्न पाउनुपर्ने माग गर्दै ज्ञापन पत्र
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ नेतृत्वको टोलीले अन्तर जिल्ला मतदानको अधिकार माग्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
आज मध्याह्न कान्तिपथस्थित आयोगको कार्यालय पुगेर उनीहरूले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन् । जसमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा अन्तर जिल्ला मतदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रहेका नेपालीको भोटिङ अधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग समेटिएको छ ।
ज्ञापन पत्र बुझाउन सुमनासहित १० जनाको टोली पौने १२ बजे आयोग कार्यालय पुगेको थियो । उनीहरू सवा १२ बजे त्यहाँबाट बाहिरिएको बताइएको छ ।
टिप्पणीहरू