गम्भीर आरोप लगाउँदै ज्ञानेन्द्रले मागे प्रधानमन्त्रीको राजीनामा

गम्भीर आरोप लगाउँदै ज्ञानेन्द्रले मागे प्रधानमन्त्रीको राजीनामा

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रधानमन्त्रीको राजीनामा मागिएको हो । 

प्रधानमन्त्रीविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएकाले उहाँले राजीनामा दिनुपर्ने राप्रपाको भनाई छ । प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्री दाहालले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने तर्क गरेका छन् । शाहीले राजीनामा दिएर प्रधानमन्त्रीले अदालती प्रक्रियालाई निष्पक्षरुपले अघि बढ्न दिनुपर्ने धारणा समेत राखेका हुन् ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाजिर हुन भनेर पर्चा काटिसकेको छ । यो ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? त्यसैले सम्माननीय प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ ।’

शाहीको भनाईको माओवादीका सांसद माधव सापकोटाले प्रतिवाद गरेका छन् ।

टिप्पणीहरू