यौन र ग्लामरका पर्यायवाची नेताको निधन

यौन र ग्लामरका पर्यायवाची नेताको निधन

इटालीका भूतपूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनी तीन पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । 

पहिलो पटक सन् १९९४ देखि ९५ सम्म, दोस्रो पटक सन् २००१ देखि २००६ सम्म र तेस्रो पटक सन् २००८ देखि २०११ सम्म प्रधानमन्त्री बनेका उनले इटालीको राजनीतिमा ग्ल्यामर भित्राएका थिए । त्यसअघि उनले टेलिभिजन कार्यक्रम र यौन र ग्लामर भित्राएका थिए । सोही सूत्रका आधारमा उनी मुलुकको राजनीतिमा २० वर्षसम्म केन्द्र भागमा रहेका थिए । 

अर्बपति व्यवसायी बर्लुस्कोनी राजनीतिमा आउनुअघि मिडिया टाइकुन थिए । उनी मुलुकको रियलस्टेट र निर्माण पेशामा अग्रणी थिए ।

टिप्पणीहरू