युएईमा मध्यान्हदेखि ३ बजेसम्म काम ठप्प

युएईमा मध्यान्हदेखि ३ बजेसम्म काम ठप्प

संयुक्त अरब इमिरेट्स (युएई) मा अत्यावश्यक अवस्थामा बाहेक कामदारलाई साढे १२ देखि ३ बजेसम्म काममा लगाउन नपाइने निर्देशन भएको छ ।

युएईले मुलुकभित्रका सबै कम्पनीमा काम गर्ने कामदारलाई अत्यावश्यक बाहेक चर्को घाममा काममा नलगाउन निर्देशन गरेको हो ।

यो नियम जुन १५ देखि सेप्टेम्बर १५ सम्म हरेक वर्ष लागु हुने बताइएको छ । नियम उल्लंघन गर्ने सबैलाई ५० हजार युएई दिरामसम्म जरिवाना तिराइने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू