पूर्वी पहाडका जनप्रतिनिधिहरु बालुवाटारमा

पूर्वी पहाडका जनप्रतिनिधिहरु बालुवाटारमा

अस्तिदेखि आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

ताप्लेजुङ र पाँचथरका केही राजनीतिक दल र जनप्रतिनिधिहरुले प्रधानमन्त्रीसँग बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार र सडक खलाउन आग्रह गरेका हुन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीलगायत झण्डै एक दर्जन नेता तथा जनप्रतिनिधिहरुले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको बताइएको छ ।

भेटमा उनीहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा आएको बाढीपहिरो र त्यसबाट भएको जनधनको क्षतिबारे जानकारी गराएका हुन् । बाढी र पहिरो पीडित परिवारको निम्ति तत्काल राहत सामाग्री उपलब्ध गराउन माग गरिएको छ ।

टिप्पणीहरू