रवि लामिछानेकी श्रीमतीको सहकारीविरुद्ध ठगीसम्बन्धी उजुरी

रवि लामिछानेकी श्रीमतीको सहकारीविरुद्ध ठगीसम्बन्धी उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनका माननीय रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछाने उपाध्यक्ष रहेको सहकारीविरुद्ध उजुरी परेको छ । पौडेलको सहकारीले पाँच करोड रूपैयाँ ठगेको आरोपमा बचतकर्ताले उजुर गरेका हुन् ।

राजधानीको लाजिम्पाटलाई कार्य क्षेत्र बनाइएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड रुपैयाँ ठगेको उजुरी काठमाडौं महानगरपालिकामा परेको हो । महानगरको सहकारी विभागले उजुरबारे पुष्टि गरेको छ । विभागीय स्रोतले भन्यो, ‘सामूहिक उजुरी परेको छ ।’

संस्थाको वित्तीय अवस्था खराब हुन थालेपछि उनले केही दिनअघि राजीनामा दिएको बुुझिएको छ । तर, संस्थाले राजीनामा स्वीकृत नगरिसकेकाले उपाध्यक्षको जिम्मेवारी यथावत देखिन्छ ।

निकिता उपाध्यक्ष रहेको उक्त सहकारीको अध्यक्ष भरत जंगम हुन् । जंगमले राजाको प्रत्यक्ष शासनकालदेखि नै भ्रष्टाचारविरोधी अभियान चलाउँदै हिँडेका छन् । 

संस्थाको टेलिफोन नम्बर ०१४०१७५२० हो । उक्त नम्बरमा बाहिरबाट गरिएको फोनको आगमन कल निषेध गरिएको  छ ।
 

टिप्पणीहरू