सिङ्गल पाहुनाद्वारा अमेरिकी प्रथम महिलालाई ‘डाइमण्ड गिफ्ट’

सिङ्गल पाहुनाद्वारा अमेरिकी प्रथम महिलालाई ‘डाइमण्ड गिफ्ट’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी प्रथम महिला तथा राष्ट्रपति जो बाइडनकी श्रीमतीलाई साढे ७ क्यारेटको हिरा उपहार दिएका छन् । मोदीले प्रथम महिला जिललाई ह्वाइट हाउसमा हरियो हिरा उपहार दिएको प्रचारमा आएको छ ।

त्यसैगरी राष्ट्रपति बाइडनलाई चाँदीको गणेशको मूर्ति दिइएको छ । मोदीको सम्मानमा आयोजित रात्रिभोजमा उपहार आदानप्रदान गरिएको हो । सो क्रममा बाइडन दम्पतीले पनि मोदीलाई धेरै उपहार दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदी अमेरिकाको तीन दिने राजकीय भ्रमणमा छन् । उनलाई ह्वाइट हाउस जानुअघि वासिँगटन डिसीस्थित एन्ड्युज हवाई अड्डामा अमेरिकी सेनाले सम्मान गारद अर्पण गरेको थियो ।

रात्रिभोजमा मोदीले बाइडन दम्पतीसँगै शाकाहारी भोजन गरेका छन् । सो क्रममा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

टिप्पणीहरू