सुशासनका लागि डिजिटल गभर्नेन्स - प्रधानमन्त्री प्रचण्ड

सुशासनका लागि डिजिटल गभर्नेन्स - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले सरकारी काम म्यानुअल अर्थात् पुरातन ढंगले गर्ने परम्परा अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताउनुभएको हो । डिजिटल गभर्नेन्सले मात्र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सरकारी काम म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयास केन्द्रित छन् ।’
 

टिप्पणीहरू