कोरियाली युद्धको तथ्य अमेरिकाले बंग्याएको उत्तरको आरोप

कोरियाली युद्धको तथ्य अमेरिकाले बंग्याएको उत्तरको आरोप

सन् १९५० मा भएको कोरियाली युद्धलाई धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । युद्ध एउटा तर विश्लेषण उत्तर कोरिया, दक्षिण कोरिया, अमेरिका र जापानको छुट्टाछुट्टै देखिन्छ ।

सन् १९५० को जुन २५ तारिखका दिन अमेरिकाले अनावश्यक आक्रमण गरेपछि युद्धको बिजारोपण भएको उत्तरको ठहर छ । अमेरिकाले भने जापानको उपनिवेशबाट मुक्त भएपछि कोरियाली प्रायद्विपको सुरक्षा र विकासको निम्ति आफ्ना सैनिक दक्षिणमा खटाइएको बताउँदै आएको छ । उसले भनेको छ, ‘दक्षिणमा उत्तरबाट आक्रमण नभएको भए कोरियाली युद्ध नै हुँदैनथ्यो ।’

तर, उत्तर कोरियाली अधिकारीहरु आजसम्म पनि अमेरिकाको उक्त भनाईप्रति रोष प्रकट गर्छन् । उनीहरुको बुझाईमा अमेरिकाको भनाई वास्तविक इतिहासलाई बङ्ग्याउने चाल हो । 

युद्ध शुरु भएपछि अमेरिकाले आफ्नो भूभागमा प्रतिकिलोमीटर १८ वटा बम खसालेको उत्तर कोरियाको दाबी छ । राजधानी पोङयाङमा मात्रै ४ लाख २८ हजार वटा बम खसालेको उनीहरु बताउँछन् । जहाँ त्यतिबेलाको जनसंख्या तीन लाख ७० हजार थियो । अमेरिकी सैनिकले १२ लाख ३१ हजार ५०० कोरियाली नागरिकको हत्या गरेको आरोप छ । 

तर अमेरिकाले उत्तरको उक्त आरोपलाई खण्डन गर्दै आएको छ । कोरियाले सँधैभरी जुन २५ तारिखका दिन अमेरिकाले थालनी गरेको अनुचित युद्धको निम्ति भावी दिनमा हजारौं गुणाको बदला लिने बताउने गरेको पोङ्याङस्थित फरेन ल्याङ्वेजेज पब्लिशिङ हाउसले जनाएको छ । 

टिप्पणीहरू