प्रधानमन्त्री निवास निल्न खोज्नेहरु समातिन थाले - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री निवास निल्न खोज्नेहरु समातिन थाले - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको बताउनुभएको छ । 

आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्न रहेकाहरु पक्राउ पर्न थालेको जानकारी दिनुभएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेका तथा मीटरब्याजीमाथिको कारबाहीले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान अन्त्य भएको पनि प्रधानमन्त्रीको भनाई छ । 

यसलाई उहाँले लोकतन्त्रको सर्भिसिङसुरु भएको रुपमा टिप्पणी गर्नुभयो ।

टिप्पणीहरू