तानाशाहको चित्त शान्त पार्ने शानदार तरिका

तानाशाहको चित्त शान्त पार्ने शानदार तरिका

एडोल्फ हिटलर अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा नाजी पार्टीका प्रमुख नेता । क्रुर तानाशाह । सन् १९३३ देखि १९४५ सम्म चान्सलर तथा नाजी जर्मनीका शासक । दोश्रो विश्वयुद्धका केन्द्रीय पात्र । विश्व बिजेता बन्ने र यहुदी जातिलाई संसारबाटै निर्मूल गर्ने उनैको महत्वाकांक्षाका कारणले भएको उक्त युद्धमा ६ करोड मानिसले ज्यान गुमाए । प्रत्यक्ष र अप्रत्यक्ष ७० देश युद्धमा सहभागी भए । मानव इतिहासमै सबैभन्दा घातक मानिएको यो युद्धका जन्मदाता उनै थिए । अन्त्यमा, हारेपछि पहिला प्रेमिकालाई मारे अनि आफू पनि आत्महत्या गर्न बिवश बने । विश्वमा कुनै व्यक्तिमाथि धेरै अनुसन्धान भएको छ भने त्यो व्यक्ति हिटलर नै होला । यसक्रममा धेरैले उनको यौनजीवनलाई लिएर पनि अनेक अनुसन्धान र टिप्पणी गर्दै आइरहेका छन् । सबै अनुसन्धानको निश्कर्ष एउटै हो– उनको यौनजीवन विकृत र घीनलाग्दो थियो । उनी गोप्य अंग प्रदर्शन गर्न रुचाउँथे । यौनमा पार्टनर पीडाले छट्पटिएको हेर्न मन पराउँथे । अश्लिल चलचित्र हेर्थे र नातासम्बन्धप्रति रुचि राख्थे ।
 

नयाँ पुस्तक ‘हिटलरको अन्तिम दिन : मीनेट मीनेट’ मा इतिहासकारद्वय जोनाथन मायो र एम्मा क्रेगीले तिनै फासीवादी तानाशाह एउटा अचम्मको रोग, जसलाई अंग्रेजीमा हाइपोस्पाडियास भनिन्छ, बाट पीडित भएको दाबी गरेका छन् । यो भनेको चिकित्सकीय अर्थमा जन्मजात शारीरिक दोष हो, जसमा मूत्रनली लिंगको टुप्पोमा नभई त्यसभन्दा मुनि हुन्छ । यो असामान्य स्थितिमा लिंगको आकार छोटो र विकृत पनि हुन सक्छ । यसकारण यो रोगलाई ‘माइक्रो पेनिस’ पनि भन्ने गरिन्छ । जोनाथन र एम्माले दाबी गरेका छन् कि हिटलरको लिंगमा दुइटा बिकार थिए । उनको शरीरमा एउटा अण्डकोष पनि थिएन । दि टेलिग्राफ पत्रिकाका अनुसार हिटलरका निजी चिकित्सक थियोडोर मोरेलले यो शारीरिक दोषको उपचार गर्न खोज्नुका साथै यौन क्षमतामा सुधार ल्याउन हार्मोन्स र एम्फेटामिन क्याप्सुल खान सल्लाह दिएका थिए । स्मरणीय छ, सन् १९३९ को एउटा अंकमा दि टेलिग्राफले एउटा ‘अभद्र’ कवितासमेत प्रकाशन गरेको थियो, जसको शीर्षक थियो ‘हिटलर ह्याज अन्ली गट वन बाल’ अर्थात् हिटलरले एउटा मात्र बल पाएका छन् ।’ तर यो खबरलाई धेरै समयसम्म कपोलकल्पित मानियो । कविताको एउटा अंश यस्तो थियो –

हिटलरसँग एउटा मात्र बल छ, 
गोरिङका दुईटा छन् तर धेरै सानो, 
हिमलरको अवस्था पनि उस्तै हो, 
तर गरिब बूढो गोयबल्ससित भने कुनै बल नै छैन ।

(हर्मन गोरिङ= नाजी सैनिक नेता ; हेनरिख हिमलर = नाजी यातना शिविरका डिजाइनर र जोसेफ गोयबल्स-नाजी प्रचारप्रसार प्रमुख तथा सञ्चार मन्त्री ) एउटा डकुमेन्ट्री बनेको थियो, ‘हिटलरको गोप्य यौन जीवन’ । यसमा उनको यौन मनोविज्ञानमाथि प्रकाश पारिएको छ । उक्त डकुमेन्ट्रीअनुसार उनमा अचम्मको यौन बिकार थियो, उनी लुकेर अरूको सम्भोग दृश्य हेर्थे, त्यस्तो दृश्य हेरेर आनन्द लिन्थे । हिटलरलाई सेक्स गर्दैगर्दा आफूमाथि पिसाब गरिदिने महिला मनपथ्र्याे । सेक्स गर्दागर्दै उनीमाथि मुक्का बर्साउने महिला मन पथ्र्याे । शारीरिक र मानसिक पीडा दिन र लिन लाग्थ्यो । उनलाई आफ्नो इच्छा आकांक्षा दबाउने, वेश्यावृत्तिविरुद्ध बोल्ने स्त्री मनपथ्र्याे । उनी निजी कार्यक्रममा वेश्या र नांगो नृत्य गर्ने नर्तकीलाई बोलाउन लगाउँथे । नाजी पार्टीका आधिकारिक फोटोग्राफर हेनरिक हाफमैनलाई अश्लिल फिल्म सप्लाई गर्ने जिम्मा दिइएको हुन्थ्यो । त्यस्ता चलचित्र राति कोठा अँधेरो पारेर हेर्ने गर्थे । डकुमेन्ट्रीमा उनले आफ्नै भतिजी गेली रौबेलसँग शारीरिक सम्बन्ध राख्ने गरेको देखाइएको छ । ‘दि सन’ मा प्रकाशित खबरअनुसार हिटलर गेलीलाई हुने नहुने अनेक काम गर्न लगाउँथे । जस्तो आफूलाई नंग्याउन लगाउने, आफ्नो अनुहार नितम्बले ढाक्ने गरी बस्न लगाउने र उत्तेजित भएपछि मुखमै पर्ने गरी पिसाब फेर्न लगाउने । गेलीले हिट्लरको यो रबैया आफूलाई निकै घीन लाग्ने बताउने गरेकी थिइन् । रौबेल शारीरिक सम्बन्धमा हरेकपटक प्रताडित हुन्थिन् । यसैबीच, सन् १९३१ मा उनको लास फेला प¥यो । सबैले हत्याको दोष हिटलरमाथि लगाए । हत्या हुँदा उनी मात्र २३ की थिइन् ।

त्यस्तै, प्रख्यात जर्मन गायिका तथा चलचित्र अभिनेत्री रेनेटा मुलरका अनुसार हिटलर आफूलाई मारपिट गर्न भन्थे । उनले हिटलरलाई धेरै पटक कुटेको फिल्म निर्देशक अल्फ्रेड जेसलरलाई सुनाएकी थिइन् । उनको भनाइमा हिट्लर कहिले घुँडा टेकेर बस्थे त कहिले भुइँमा उत्तानो परेर पल्टिन्थे अनि रेनेटालाई आफ्नो शरीरमाथि बस्न र लगातार मुक्का, लात्ती हान्न लगाउँथे । रेनेटाले धेरै पटक हिटलरको नांगो जिउ र पुठ्ठामा कोर्रा हानेको बताएकी छन् । उनका भनाइ अनुसार कोर्रा खाँदै उनी उत्तेजित बन्थे, हस्तमैथुन गर्थे र लुगा लगाउँथे, रेनेटालाई पनि लुगा लगाउन भन्थे । रेनेटाको हातमा म्वाइँ खान्थे र धन्यवाद दिएर जान भन्थे । स्मरणीय छ, ३१ वर्षको कलिलो उमेरमा रेनेटा पनि सन् १९३७ मा बर्लिन अस्पतालको झ्यालबाट हाम्फालेर मरिन् । 

हिटलरको यौन जीवनबारे अमेरिकी जासुसी संस्था सिआइएले पनि एउटा रिपोर्ट तयार पारेको थियो । जसमा भनिएको छ, हिटलर समलिंगी पनि हुन् । सन् १९४३ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेंकलिन डी. रूजबेल्टलाई बुझाइएको उक्त रिपोर्टमा उनले महिला र पुरुष दुवैसँग यौन सम्बन्ध राख्ने गरेको उल्लेख छ । ७० पृष्ठ लामो रिपोर्टमा आफ्नै सहयोगी रुडोल्फ हेसप्रति हिटलर सधैँ आकर्षित हुने गरेको र अष्ट्रियाको राजधानी भियनाको होस्टेलमा बस्दा दुबैले यौन सम्बन्ध राख्ने गरेको उल्लेख छ । हिटलरसित पछिसम्म पनि शारीरिक सम्बन्ध राख्ने गरेकै कारण सैनिकहरू हेसलाई ‘फ्राउलिन अन्ना’ र ‘काली एम्मा’ भनेर जिस्क्याउँथे । अगुस्त कुबिजेक, रेनहोल्ड हानिश्चलगायत पुरुष साथी पनि हिटलरका यौन पार्ट्नर थिए । उक्त रिपोर्ट मानवशास्त्री हेनरी फिल्डले तयार पारेका हुन् । फिल्ड ह्वाइट हाउसको स्पेशल जासुसी संयन्त्रका सदस्य थिए ।

बिबिसी न्यूजले सन् १९१२ को मे ८ मा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसमा भनिएको थियो– हिटलर लागुपदार्थ कोकिनको सेवन गर्थे साथै यौन शक्तिवर्धक औषधि पनि खान्थे । ४७ पृष्ठ लामो दस्तावेज हिटलरको स्वास्थ्य परीक्षणमा संलग्न ६ जना चिकित्सकले तयार पारेका थिए । त्यसमा संलग्न एक चिकित्सक थियोडोर मुरेलका अनुसार यौनशक्ति बढाउन उनी साँढेको विर्यबाट बनाइएको औषधि सेवन गर्थे । अलेक्जेण्डर हिस्टोरिकल अक्सन्स अफ स्टांपफोर्ड (एएचए) ले उक्त रिपोर्ट पछि लिलाम गरेको थियो । थियोडोर मुरेलकै रिपोर्टमा आधारित रहेर ‘मिरर’ ले पनि सन् १९१६ को मार्च ७ मा एउटा खबर प्रकाशन गरेको थियो । खबरअनुसार हिटलर युवतीले शौच गरेको हेर्न रुचाउँथे ।

समलिंगीविरोधी समाज हिटलर र हेस मात्र होइन, नाजी सैन्यका अधिकांश सदस्य समलिंगी नै भएको दाबी गर्छ । हिटलर आफू समलिंगी भइकन पनि सैन्य जवानले समलिंगी सम्बन्ध राख्ने गरेको मन पराउँदैनथे । समलिंगी भएकै कारण त्यसबेला धेरैले ज्यान गुमाउनुप¥यो भने कतिपयले जेल सजायँ भोगे । आफूले भने आफ्नै ड्राइभर जुलियस स्चरेकलाई पनि छाडेनन् । दुबै जना एकार्काप्रति समर्पित थिए । बर्लिनबाट म्युनिख हिँड्ने बेला गाडीलाई बर्नेक सडकमा रोक्न लगाएर त्यतैको होटलमा गई रमाइलो गरेका थिए दुबैले । पछि, जुलियसको निधन मेनेन्जाइटिसबाट अचानक हुन गयो । निधनको खबर सुनेपछि हिटलर डाँको छोडेर रोए । आफ्नो प्रिय ड्राइभरको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्न लगाए । व्यक्तिगत रूपमै पनि सन्देश जारी गरे र अन्त्येष्टि कार्यक्रममा भाग लिन राज्यका वरिष्ठ अधिकृतहरूलाई आदेश दिए । हिटलरको भित्री कुरा थाहा पाउनेहरूका अनुसार जुलियस आफ्ना मालिकको यौन प्यास मेटाउन सदा तत्पर रहन्थे । उनी ‘सच्चा सेवक’ थिए ।
 

टिप्पणीहरू