रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । 

युवराज सफलले दर्ता गराएको रिट आज सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको हो । महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि गत १० जेठमा लामिछानेविरुद्ध युवराजले संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।

लामिछानेले अमेरिकी नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको दाबी गर्दै उक्त काम गैरकानूनी भएको युवराजको जिकिरमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलास सहमत नभएको हो ।

टिप्पणीहरू