‘लिङ्ग काटेर फाल्न तयार’ बाबा अदालतमा झिकाइँदै

‘लिङ्ग काटेर फाल्न तयार’ बाबा अदालतमा झिकाइँदै
सुन्नुहोस्

सिद्धबाबाको नामले चिनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी (प्रतिवादी) झिकाउन आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले उक्त आदेश गरेको हो ।

जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा गरेको पुनरावेदनमाथि सुनुवाई गर्दै प्रत्यर्थी झिकाउन भनिएको हो । २०७६ कात्तिक ४ गते राति सुनसरीको चतरास्थित आश्रममा आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित महिला अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालत सुनसरीले २०७७ मंसिर २२ गते र २०८० भदौ २७ गते  गिरीलाई सफाइ दियो । 

उच्च अदालत विराटनगरले पुनः प्रमाण बुझेर फैसला गर्न जिल्ला अदालतलाई आदेश दिएपछि २०८० भदौ २७ गते जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई सफाइ दिएको थियो । जिल्लाको फैसलाको पूर्णपाठमा महिला र गिरीबीच भएको वार्तामा आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएकाले अडियोको विश्वसनीयतामा प्रश्न उठेकाले त्यसलाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने आधारमा सफाई दिइएको उल्लेख छ ।

गिरीले विराट नर्सिङहोमबाट महिलालाई फोन गर्दै ‘अब त्यस्तो हुँदैन,त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेको अडियो सार्वजनिक भएको थियो । अदालतमा बकपत्र गर्दा परीक्षण गर्ने प्रहरी अधिकृतले अडियो परीक्षणको तालिम लिएको तर आफूले कुनै विश्वविद्यालयबाट अडियो अनुसन्धानमा विशेष शिक्षा नलिएको बयान दिए । सोही आधारमा सिद्धबाबाले सफाई पाए तर अहिले उनीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले अस्ति प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

याे पनि...

'सहमति' मा करणी ठहर,तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर

टिप्पणीहरू