सरदारको किताव विमोचनस्थलमा प्रधानमन्त्री

सरदारको किताव विमोचनस्थलमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘रोड्स टु द भ्याली’ पुस्तक विमोचन गर्नुभएको छ । 

सरदार प्रितम सिंहको नेपाल आगमनदेखिको संस्मरण समेटेर छोरी किरणदीप सन्दुले पुस्तक प्रकाशित गरेकी हुन् । सोही पुस्तक आज होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्रीले लोकार्पण गर्नुभएको हो । 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले पुस्तकका सम्बन्धमा बनाइएको १० मिनेटको भिडियोसमेत विमोचन गर्नुभएको थियो । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, खानेपानीमन्त्री महिन्द्रराय यादवलगायत उपस्थित थिए । 

पुस्तकमा नेपालको विकास र अर्थतन्त्रका विविध विषय समेटिएको बताइएको छ ।

टिप्पणीहरू