बानेश्वरमा बैठक अवरुद्ध, सिंहदरबारमा निर्माणाधीन भवनको अवलोकन

बानेश्वरमा बैठक अवरुद्ध, सिंहदरबारमा निर्माणाधीन भवनको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको हो । 

प्र्रधानमन्त्रीसँगै सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरु भवन निर्माणस्थल पुगेका हुन् ।उता, नयाँ बानेश्वरस्थित संसद भवनमा गत सातादेखि संसदको दुवै सदनको बैठक सञ्चालन हुन सकेको छैन । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक गत मंगलबारदेखि अवरुद्ध भएको छ । 

प्रमुख प्रतिपक्षी एमाले तथा विपक्षी दलहरु राप्रपा र रास्वपाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे विरोध जनाउँदै बैठक अघि बढ््न दिएका छैनन् । एमालेले उहाँको राजीनामा मागेको छ ।

टिप्पणीहरू