सिंहदरवारै खाली होला नि !

सिंहदरवारै खाली होला नि !

ललितानिवास काण्डमा फेरि मान्छे पक्राउ परेछ । अस्ति एक चरण पक्राउ परिसकेका थिए । त्यसपछि पनि फेरि पक्राउ परिरहेकै छ । त्यो पनि सानोतिनो मान्छे होइन, ठुल्ठूलै । ठूलो भनेपछि बुझिहालियो, ठुल्ठूलो पदमा पुगेका मानिसहरू । अझै ठूला पदवालाहरू त बाँकी नै छन् । 

योभन्दा अघि नक्कली शरणार्थी काण्डमा पनि थुप्रैलाई पक्राउ गरिएको थियो । त्यसमा पनि ठूल्ठूला नेताहरू नै परेका थिए । सचिवहरू पनि परेका थिए । अझ कति फरार छन् । 

यो त दुइटा मात्रै काण्ड भयो । खोलिनुपर्ने काण्डहरू धेरै छन् । ओम्नी काण्ड, लाउडा काण्ड आदि आदि काण्ड । यी काण्डहरूको फाइल पनि खोलियो भने अझै कति ठूला मानिसहरू पर्ने होलान् । अब त यस्तो खतरा उत्पन्न भइसक्यो कि ठूला नेता र कर्मचारी पक्राउ पर्दा अन्तमा सिंहदरवारै खाली होला कि जस्तो भैसक्यो । नेता जम्मै जेलमा, सचिव जम्मै जेलमा भएपछि सिंहदरवारमाचाहिँ को बस्ने नि ? के सिंहदरवार खाली राख्ने ? स्थिति बडो डरलाग्दो पो बन्दै छ त गाँठे !
 

टिप्पणीहरू