सबै श्रेणीहरू

सञ्चार सचिवलाई छुटाउन अदालतमा रिट

सञ्चार सचिवलाई छुटाउन अदालतमा रिट

ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ ।

राउतका वकील टीकाराम भट्टराईका अनुसार आज रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी तोकिएको पनि उनले जानकारी दिए ।                 

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर जान लाग्दा राउत पक्राउ परेका थिए । सरकारी कागजात किर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

तत्कालीन समयमा शाखा अधिकृत रहेका राउतले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइलको प्रारम्भिक टिप्पणी उठाएको आरोप छ । तर, कतिपयले भने निर्णयकर्ता सचिव र मन्त्रीलाई जोगाउन तल्ला तहका कर्मचारीमाथि मुद्दा चलाइएको भन्दै राउत पक्राउको विरोध गरेका छन् ।