हल बन्द र संसद बन्द

हल बन्द र संसद बन्द

दुई/चार दिनको मनोरञ्जनपछि एमाले पनि संसद् खोल्न राजी भएको छ । जस्तो कि बालेन साह अन्त्यमा आएर आफूले भारतको विरोध गरेको होइन भन्न राजी भए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक भारत गएको भनी सम्बोधन गरेपछि एमाले क्रुद्ध भएको थियो । केही दिन संसदै चल्न दिएन । 

ठीक यसरी नै बालेन साहले पनि सीता भारतमा जन्मेको भन्यो भनेर केही दिन हिन्दी फिल्म चल्न दिएको थिएन । 

केही दिन मनोरञ्जन चल्यो । तर, अन्त्यमा संसद फेरि चलेको छ । जसरी कि काठमाडौंमा हिन्दी फिल्म फेरि चलेको थियो । 

भनेर होस् कि नभनेर होस्, एमालेको आन्दोलन भारतविरोधी थियो । बोलेर होस् कि नबोलेर होस्, बालेन साहको आन्दोलन पनि भारतविरोधी नै थियो । तर, बीचमा के भएछ कुन्नि, एमाले पनि संसद चलाउन तयार भयो । बालेन साह पनि फिल्म चलाउन तयार भयो । तयार भएको मात्र होइन, आफ्नो विरोध भारतको विरोध होइन है भनेर स्पष्टीकरण दिन तयार भयो । 

देशमा रातारात यति परिवर्तन ल्याउन कुनै अर्को सिंह दिल्ली गएको त छैन होला नि ! गएको छ कोही ?
 

टिप्पणीहरू