उत्तर कोरिया छिरेका अमेरिकी सैनिक समातिए

उत्तर कोरिया छिरेका अमेरिकी सैनिक समातिए

उत्तर कोरियाले एक अमेरिकी सैनिकलाई पक्राउ गरेको जनाएको छ । बिना अनुमति आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेपछि उनलाई गिरफ्तार गरिएको उत्तर कोरियाको दाबी छ ।

अमेरिकी सैनिक ट्रयाभिस किंग दक्षिण कोरियातर्फबाट उत्तरको सीमा नाघेर अनधिकृत रुपमा भित्र घुसेको बताइन्छ । दक्षिण कोरियास्थित अमेरिकी सेनाका प्रवक्ताले ती सैनिक जानाजान उत्तरको भूमिमा छिरेको जानकारी दिएका छन् ।

कूटनीतिक सम्बन्ध नभएको अमेरिका र उत्तर कोरियाबीच बेला बेलामा यस्तो समस्या उत्पन्न हुने गरेको छ । पछिल्लो पाँच दशकमा आफ्नो भूमिमा प्रवेश गरेका धेरै जना अमेरिकीलाई उत्तर कोरियाले जासुसको आरोप लगाउने गरेको छ ।

सन् २०१७ देखि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाएको थियो ।

टिप्पणीहरू