सबै श्रेणीहरू

हङकङबाट तस्करीको सुन ल्याउने शंकास्पद पात्र यसरी उड्दा रहेछन्

हङकङबाट तस्करीको सुन ल्याउने शंकास्पद पात्र यसरी उड्दा रहेछन्

गत साता सार्वजनिक भएको झण्डै एक सय किलोग्राम सुन तस्करीमा मुछिएका राकेशकुमार अडुकियाको काठमाडौं–हङकङ कनेक्सन निकै घतलादो देखिएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र राखेर यसपटक ल्याइएको सुन त पक्राउ पर्यो तर त्यसभन्दा पहिले कतिचोटेर ल्याइए सो को यकिन विवरण आइसकेको छैन । तर,यसरी कार्गो गरेर हङकङबाट सुन पटकपटक ल्याउने गरिएकोवारे भने अब कुनै शंका रहेन ।

पछिल्लो पटक फेला परेका ३२० थान ब्रेक सुभित्र राखिएको भनिएको सुनको परिमाण एक सय किलोग्राम छ । सुन हालिएको ब्रेक सुको आठ वटा बाकसलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखास्थित ढुकुटीमा राखिएको छ ।

यी सबै सुनको मालिक हाललाई राकेश अडुकिया हुनसक्ने राजश्व अनुसन्धान विभागको प्रारम्भिक अनुमान छ । उनी नेपालमा जन्मेका भए पनि भारतीय नागरिकता र राहदानीवाहक हुन् । उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ ।

"ठ्याक्कै एक महिनामा हङकङ पुगे । जुन २६ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगे । १२ दिनको बसाईपछि जुलाई ५ तारिखका दिन हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानमा मध्यरात काठमाडौं आइपुगे ।"

राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ । जनआस्थाले प्राप्त गरेको पछिल्लो विवरणअनुसार उनी गत जनवरी १४ तारिखका दिन राति साढे १० बजे क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ०६४० बाट हङकङ गएका थिए । एक साता उता बसेर उनी जनवरी २१ तारिखका दिन क्याथे प्यासिफिककै उडान नम्बर सिएक्स ०६०३ मा राति साढे १० बजे काठमाडौं ओर्लिए ।

त्यस्तै अप्रिल १३ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट मध्यान्ह साढे १२ बजे नयाँ दिल्ली गएका थिए । त्यहाँबाट उतैउतै हङकङ पुगे र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट दिउँसो पौने १ बजे काठमाडौं ओर्लिए ।

अडुकिया सुन तस्करीको सेटिङ मिलाउनैको निम्ति मे २६ तारिखका दिन क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ०६४० मा काठमाडौंबाट हङकङ उडेको बुझिएको छ । त्यसको पाँच दिनपछि उनी मे ३० तारिखका दिन राति सवा १० बजे सोही एअरलाइन्सको उडान नम्बर सिएक्स ०६०३ बाट काठमाडौं आएका थिए ।

त्यसपछि ठ्याक्कै एक महिनामा हङकङ पुगे । जुन २६ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगे । १२ दिनको बसाईपछि जुलाई ५ तारिखका दिन हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानमा मध्यरात काठमाडौं आइपुगे । सुन उनले कहिले दुबई,कहिले हङकङबाट ल्याउने गरेको देखिन्छ ।