सिंहदरबारमा क्याबिनेट बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ ।
बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक बसेको थियो । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको भनिएको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक पर्सि पुनः बस्ने जनाइएको छ ।